प्रधानमन्त्री दाहाल र राखेप सदस्य-सचिव घिसिङ बालुवाटारमासँगै क्रिकेट हेर्दै

असार १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र राखेप सदस्य-सचिव घिसिङ बालुवाटारमासँगै क्रिकेट हेर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ बालुवाटारमा आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिरहेका छन् ।

टी-ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।

नेपालले अहिले ११.४ ओभरमा २ विकेट गुमाएर ६७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन् । यस्तै कप्तान रोहित पौडेल शून्यमा आउट भए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.