बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।

जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजोको फैसलाबाट सजाय निर्धारण भएको हो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गर्नुभएको थियो । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो ।

हिजो सजाय निर्धारण गर्दा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.