विद्यार्थीलाई पञ्चेबाजा बजाउने प्रशिक्षण

वैशाख ३१, २०८१ |माधव अर्याल
विद्यार्थीलाई पञ्चेबाजा बजाउने प्रशिक्षण

पाल्पा । गाउँघरमा पञ्चेबाजा बजाउनेहरु भेटिन छाडेपछि पाल्पाको निस्दी गाउँपालिकामा रहेको बालहित माविले विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ ।

विद्यालयमा गठित जनप्रिय सहयोगी बालमञ्चका १० विद्यार्थीले टेम्को, ढोलक, सहनाई, दमाहा, झ्याली, नरसिंहालगायत बाजा बजाउन सिकिरहेको विद्यार्थी ईश्वर राना मगर बताउनुहुन्छ ।

बसाइँसराइ र वैदेशिक रोजगारीका कारण पञ्चेबाजा बजाउने मानिस भेटिनै छाडेपछि विद्यालयले कार्यक्रम नै बनाएर बाजा बजाउने प्रशिक्षण दिन थालेको हो ।

गाउँघरमा हुने बिहे, व्रतबन्ध, पूजाआजामा पञ्चेबाजाको माग हुने गरे पनि बजाउने व्यक्ति नभएर बाजा नै लोप हुने अवस्थामा पुगेको भन्दै विद्यालयले प्रशिक्षण दिएको प्रशिक्षक टेकबहादुर परियारले जानकारी दिनुभयो ।

गाउँपालिकाले सहयोग गरेमा विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न सकिने पनि विद्यालयले जनाएको छ ।

हेर्नुहोस् माधव अर्यालका थप स्टोरी 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।