बढे साइबर अपराधका घटना

वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बढे साइबर अपराधका घटना

काठमाडौं । पछिल्ला चार वर्षयता सामाजिक सञ्जाल तथा साइबर अपराधका घटनाबाट रकम ठगिने क्रम बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

साइबर ब्युरोको तथ्यांकअनुसार दैनिक २० भन्दा बढी उजुरी परिरहेका छन् । जसमा अधिकांश सामाजिक सञ्जालको प्रयोगबाट ठगिएकाहरु छन् । फेसबुक, भाइबर ह्वाट्स एपलगायत सामाजिक सञ्जालमा आउने झुटा आश्वासनका म्यासेज तथा इमेलमा आउने लिंक खोल्दा धेरै व्यक्ति ठगिएका हुन् ।

ब्युरोको तथ्यांकअनुसार चार वर्षमा तीन हजार ४३ पीडितले उजुरी गरेका छन् । जसमा १६ करोड ५० लाख ठगिएको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी नअपनाएका कारण ठगहरुको चंगुलमा पर्ने गरेको साइब ब्युरोका प्रमुख नविन्द अर्यालको बुझाइ छ ।

साइबर सुरक्षाका लागि सरकारले कानुन ल्याउने तयारी गरिरहेको छ। तर पैसा ठगिनबाट भने अपरिचित व्यक्तिसँग कुरा नगर्ने र इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगमै सजकता अपनाउनुपर्ने पनि प्रहरीको सुझाव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.