रामेछापको काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

४८ वटा पशुसमेत जले
वैशाख २१, २०८१ |केदार शिवाकोटी
रामेछापको काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक जना महिलाको जलेर मृत्यु भएको छ । 

२ घर र गोठ जल्दा ४८ वटा पशुसमेत जलेर मरेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका नजिकैको सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा रामेछाप नगरपालिका- ८ की  ३२ वर्षीया रमिता तामाङको घरमा आगलागी भएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै डढेलो बस्तीमा पसेर २ घर गोठ जल्नुका साथै ४८ वटा पशु पनि आगलागीमा परेर मरेको प्रहरीले जनाएको हो । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मीले प्रयास गरिरहेको प्रहरीले बताएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement