प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित

फाल्गुन २१, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ । 

विशेष परिस्थितिका कारण प्रतिनिधिसभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो । यसअघिका प्रतिनिधिसभा बैठकमा बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित तीन मन्त्रीको राजीनामा माग्दै सांसद्हरूले विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ १९ गतेको बैठकमा दिन रुलिङ गरेको भए पनि दाहाल चितवन गए, संसद्‌मा उपस्थित भएनन् । दाहालले यस अघि बालकुमारीमा दुई युवकको हत्या भएको घटनाको प्रतिवेदन अध्ययन गरेर आजकै दिन निर्णय लिने बताएका थिए ।

त्यस पश्चात आजका लागि बोलाइएको बैठकमा सरकारलाई ती विषयहरूको जवाफ दिन सभामुखले निर्देशन गरेकामा आजको बैठक पनि सत्ता गठबन्धन बदलिँदा विशेष परिस्थितिका कारण भन्दै स्थगित गरिएको छ ।

सत्ता गठबन्धन भत्किँदाको असर संसद् तथा संसदीय समितिहरुको बैठकमा पनि परेको छ । त्यस्तै आज बिहानका लागि बोलाइएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बस्न सकेन । कानुन समितिको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement