रौतहट । राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन जिल्ला अदालत रौतहटले आदेश दिएको छ ।
न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आज आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।
जिल्ला अदालतमा आलमकातर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक लगायतले बहस गरेका थिए । त्यस्तै वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।