चीनसँगका नाका व्यवस्थित गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
चीनसँगका नाका व्यवस्थित गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीनबीचका व्यापारिक नाका सञ्चालन तथा व्यवस्थित गर्ने विषयलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

हिमालय सीमापार वाणिज्य संघको २४औं साधारण सभामा प्रधानमन्त्री दाहालले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको बताएका हुन् । सोही कारण तातोपानीलगायत उत्तरीक्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको भनाइ छ । 

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणका भएका सम्झौता र सहमति कार्यान्वयन गर्ने विषयमा केही दिनअघि मात्रै चिनियाँ राजदूतसँग कुराकानी भएको पनि जानकारी गराए । परम्परागत नाका खोल्नेसँगै  टोखा-छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा-सिमीकोट सडक निर्माणको काम तत्काल अघि बढाउने विषयमा पनि चीनसँग कुरा भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement