तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

पुस २५, २०८० |प्रताप राना
तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप बुधबार बिहान भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ । 

दुर्घटनामा परी चालकसहित १० यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । सिकिस्त घाइतेलाई थप उपचारका लागि पोखरा पठाइको छ । अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास अस्पताल बेलचौतरामा उपचार भइरहेको छ ।

तनहुँको श्रृंगपथमा पर्ने सडकबाट जिप करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।