रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

पुस ४, २०८० |कान्तिपुर टीभी संवाददाता
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको निधन भएको जनाएको हो । मन्त्रालयले बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनमा बन्दी भएको जनाएको छ । युक्रेनमा चार जना नेपाली नागरिकलाई बन्दी बनाइएको सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा राजदूत मार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा मृतक र घाइतेका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत अनुरोध गरेको उल्लेख छ ।

त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पनि अनुरोध गरेको छ ।

बन्दी बनाइएका नागरिकलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गर्नुका साथै रेडक्रसको अन्तर्राष्ट्रिय समिति लगायत अन्य माध्यमबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.