काठमाडौं । राहदानी विभागको आवेदन प्रणालीमा भाइरसका कारण बिहीबारदेखि राहदानी वितरण प्रभावित भएको छ । देशभर राहदानी सम्बन्धी काम रोकिँदा विदेश उड्ने तयारीमा रहेकादेखि बायोम्याट्रिकको डेट लिएर बसेकाहरूसम्म अन्योलमा परेका छन् ।
विभागले बल्लबल्ल त्रिपुरेश्वरस्थित कार्यालयमा सेवा सञ्चालनमा ल्याए पनि देशभर अन्य कार्यालय र विदेशस्थित नियोगहरूबाट कहिलेदेखि सेवा शुरू हुन्छ भन्न सकिने अवस्था छैन । राहदानी विभाग जस्तो संवेदनशील निकायमा देखिएको यो लापरबाहीले समग्र सरकारी निकायकै साइबर सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ ।
विस्तृत भिडियो रिपोर्टमा