कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्नेछ : प्रधानमन्त्री दाहाल

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्नेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनलाई नेपालले अवसरको रूपमा प्रयोग गर्ने बताएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन् ।

उद्घाटन समारोहमा संयुक्त राष्ट्र सङ्घका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको प्रधानमन्त्री दाहालको भनाइ छ । जलवायु परिवर्तनको विषयलाई आफ्नो सरकारले निकै महत्त्व दिएको बताउँदै उनले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमामा परेको पनि दाबी गरे ।

जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा बिस्तारै स्थापित हुने प्रधानमन्त्री दाहालको भनाइ छ । दाहालले आज सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement