कोप-२८ मा नेपालले उठाउने विषय र प्राथमिकता के हुन् ?

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
कोप-२८ मा नेपालले उठाउने विषय र प्राथमिकता के हुन् ?

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म हुने विश्व जलवायु सम्मेलनमा नेपालले विश्वका प्रमुख कार्बन उत्सर्जनकर्ताहरूलाई तुरुन्तै उत्सर्जन घटाउन र विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन स्मरण गराउने भएको छ ।

सन् २०३० सम्म अनुकूलनका प्राथमिकता कार्यान्वयन गर्न नेपाललाई २१ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जनाइएको छ। अनुकूलनसम्बन्धी हरित जलवायुलगायतका कोषहरूमा नेपालको सहज पहुँचका लागि छलफल गर्ने पनि नेपालको योजना छ । 

यसबाहेक कृषि र खाद्य सुरक्षासम्बन्धी समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय, स्थानीय निकाय र अन्य सरोकारवालाबीच सहकार्य र समन्वयलाई बढाउने पनि सरकारले जनाएको छ । 

यस्तै, हिमाल र यससँग जोडिएका क्षेत्रको पृथक् पहिचान, जोखिम र अनुकूलन वृद्धिका उपायबारेका एजेन्डा पनि राख्ने नेपालको तयारी छ । वन तथा वातावरण मन्त्रालयले कोप २८ का लागि राष्ट्रिय स्थिति पत्र तयार पार्ने काम अन्तिम चरणमा पुर्‍याएको छ भने सम्मेलनको तयारीका लागि भोलि काठमाडौंमा राष्ट्रिय जलवायु सम्मेलन हुँदै छ । 

सम्मेलनमा प्रधानमन्त्री दाहालले कोप २८ मा उठाउने विषय र प्राथमिकताबारे सम्बोधन गर्ने जनाइएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.