‘सङ्घीयता कार्यान्वयनका लागि ३ वटा ऐन तत्काल कार्यान्वयन आवश्यक’

मंसिर २, २०८० |कान्तिपुर टीभी संवाददाता
‘सङ्घीयता कार्यान्वयनका लागि ३ वटा ऐन तत्काल कार्यान्वयन आवश्यक’

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीयता कार्यान्वयनका लागि तत्काल तीन वटा ऐन कार्यान्वयनको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रदेश सरकारलाई बलियो बनाउन सङ्घीय निजामती, प्रहरी समायोजन र शिक्षा ऐन कार्यान्वयनमा आउनुपर्ने बताए । दलहरूबीच सहमति जुटेकाले अब यी कानुन छिट्टै कार्यान्वयनमा जाने दाहालको भनाइ छ । 

शिक्षा विधेयक सदनमा पेस भएर समितिमा पुगेको छ भने सङ्घीय निजामती ऐन सदनमा पेस नै भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement