राष्ट्रपति पौडेलद्वारा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना

कार्तिक ७, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलद्वारा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

नेपालीहरूको महान् पर्व विजया दशमी २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देश-विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गरेको जनाएका छन् ।

‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ राष्ट्रपति पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement