मोटरसाइकल चालकको मृत्यु

कार्तिक २, २०८० |कान्तिपुर टीभी संवाददाता
मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही १० बनागाउँमा रा १ प ४५०३ नं. को मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

उनका अनुसार मृतक मोटरसाइकल चालकको नाम ठेगाना खुलेको छैन् ।

घटनास्थलबाट उपचारको लागि घोराही पुराए लगत्तै चालकलाई डाक्टरहरुले मृत घोषणा गरेको मल्लले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement