छेन्दु । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज छेन्दु पुगेका छन् ।
प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट छेन्दु पुगेका हुन् । उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङलगायतले स्वागत गरेका थिए ।
छेन्दुमा रहँदा प्रधानमन्त्री दाहालले पान्डा प्रजनन केन्द्रको अवलोकन गर्ने कार्यक्रम छ । साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
हिजो (बिहीबार) दाहालले कैलाश मानसरोवरको भ्रमण गरेका थिए । एक सातादेखि चीन भ्रमणमा रहेका दाहाल भोलि (शनिबार) बिहान स्वदेश फर्किनेछन् ।