पशुपतिको जलहरीमा भएको भनिएको अनियमितताबारे अनुसन्धान जारी छ : अख्तियार

आश्विन ५, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपतिको जलहरीमा भएको भनिएको अनियमितताबारे अनुसन्धान जारी छ : अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भएको भनिएको अनियमितताबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

पशुपतिनाथको जलहरीमा राखिएको सुनको जलहरीमा भएको अनियमितताबारे कुनै निष्कर्ष ननिकालिएको अख्तियारको उच्च स्रोतले जनाएको छ ।

२०७७ फागुनमा पशुपतिनाथको गर्भगृहमा राखिएको सुनको जलहरीमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले बारम्बार सुन जोख्न चुनौती दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार १० गते जलहरीको सुन जोखेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको तौलको विषयमा कुनै आधिकारिक धारणा दिएको थिएन । तर पशुपति क्षेत्र विकास कोषले भने १०८ किलो सुन करिब तौलिएको र ५२ तोला सुन जोखेको ठाउँ सरसफाइ गर्दा भेटिएको दाबी गरेको थियो ।

जलहरीमा सुनको हिसाब नमिलेको भन्दै महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.