वार्तामा आउन शिक्षकहरुलाई माधव नेपालको आग्रह

आश्विन ४, २०८० |कान्तिपुर टीभी संवाददाता
वार्तामा आउन शिक्षकहरुलाई माधव नेपालको आग्रह

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको आन्दोलनलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीका मनोनीत केन्द्रीय सदस्यको सपथग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरे ।

अध्यक्ष नेपालले भने, ‘सरकारले शिक्षकहरुको कुरा सुनेर उचित कुरालाई सम्बोधन गर्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले शिक्षकले विद्यार्थीको पढाइमा पर्ने असरलाई ध्यान दिनुपर्ने र सरकारले पनि शिक्षकका जायज मागलाई उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement