सिम्ले-मलेखु खण्ड असोज ४ देखि १५ दिनका लागि रातिमा बन्द हुने

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
सिम्ले-मलेखु खण्ड असोज ४ देखि १५ दिनका लागि रातिमा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको सिम्ले-मलेखु सडकखण्ड असोज ४ गतेदेखि १५ दिनका लागि राति बन्द हुने भएको छ ।

निर्माणाधीन सडकमा रातको समयमा सडक चौडा गर्ने काम हुने भएकाले असोज ४ गतेबाट १८ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने भएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिएका छन् ।

उक्त समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने उनले जनाए । राति सडक बन्द हुने हुँदा दिउँसो यात्रा गर्न अनुरोध गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.