संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

असार १६, २०८० |कान्तिपुर टीभी संवाददाता
संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पोखरामा शनिबार बसेको राष्ट्रिय समन्वय परिषद् बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री दाहालले संघीयताप्रति आममानिसमा सकारात्मक सन्देश दिन पनि मुख्यमन्त्रीको भूमिका प्रभावकारी हुनुपर्ने बताए ।

स्थानीय, प्रदेश र संघको सम्बन्ध तथा समन्वय ऐन २०७७ बनेपछि पहिलोपटक पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा समन्वय परिषदको बैठक बसेको हो । बैठकमा प्रदेशका अधिकारका बारेमा स्पष्ट पार्ने र प्रदेशका लागि चाहिने आवश्यक कानुन बनाउने विषयमा छलफल जारी छ ।

राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थ, कानुन, गृह र संघीय मामिला मन्त्री रहने छन् । त्यसैगरी प्रदेशका मुख्य मन्त्रीहरू र प्रतिनिधिसभाको विपक्षी दलको नेता वा उनले तोकेको प्रतिनिधि पनि सदस्य रहने प्रावधान छ ।

स्थानीय तहबाट ७ जना सदस्य रहने छन् ।

सम्बन्धित समाचार... 

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement