पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

ढकालले भ्रष्टाचार गरी एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोग स्रोतले जानकारी दियो ।

ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा अख्तियारले छानबिन गरिरहेको थियो ।      

ढकालले गैरकानुनीरुपमा आर्जन गरेको स्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घरजग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (४७) तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम बिगो र जरिबाना जफत गरी पाउन माग दाबी गरिएको अख्तियारद्वारा विशेष अदालतमा पेस गरेको आरोपपत्रमा उल्लेख छ ।

ढकालले सार्वजनिक पदमा रहँदा प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ती विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनयापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.