इच्छाविपरीत न्यायाधीश बनें : हरिकृष्ण कार्की

जेष्ठ ३२, २०८० |कान्तिपुर टीभी संवाददाता
इच्छाविपरीत न्यायाधीश बनें : हरिकृष्ण कार्की

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू इच्छाविपरीत न्यायाधीश बनेको जनाएका छन् । संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना र उजुरीको जवाफ दिँदै कार्कीले तत्कालीन प्रधानन्याधीशको आग्रह सहर्ष स्वीकारेको धारणा राखे ।

आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशसमेत रहेका कार्कीले इमान र व्यावसायिक धर्मलाई पूर्ण रुपमा पालना गरेको दाबी गरे । अदालतमा गोला प्रणाली लागु भएपछि न्यायिक विचलन ६० प्रतिशतले घटेको बताउँदै उनले आफ्नो कार्ययोजना पनि पेस गरेका छन् । बिचौलिया पहिचान गरी सर्वोच्च प्रवेशमा रोक लगाउने पनि कार्कीले बताए ।

कार्कीले आफ्नो कार्ययोजना पेस गरेपछि समितिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । भोलि (शुक्रबार) उनले आफूविरुद्ध परेका उजुरीको समेत जवाफ दिनेछन् ।

सुनुवाइ सकेर समितिले अनुमोदन गरेमा कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनेछन् । नौ महिनादेखि कायमुकायम प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी सम्हालेका कार्कीले आगामी साउन २० गते उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन् । सुनुवाइ समितिले हिजो कार्कीविरुद्ध उजु्री दिएका व्यक्तिहरुसँग छलफल गरेको थियो ।

कार्कीले प्रस्तुत गरे सुनुवाइ समितिमा कार्ययोजना (पूर्णपाठ)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.