महोत्तरीमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ८ जना घाइते

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
महोत्तरीमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ८ जना घाइते
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ११ बर्दिबासको शिव चोकस्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा ८ जना घाइते भएका छन् ।

काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नम्बरको शिव शक्ति रात्रीसेवा बस बिग्रिएर सडक किनारमा रोकिराखेको प्रदेश २.०१.००१ख ०२२१ नम्बरको ट्रकसँग आज बिहान ४ बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते भएकाहरुको बर्दिबासस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाइते हुनेहरुमा सप्तरी नर्वे- ३ का ३० वर्षीय फूलकुमार पासवान, सिराहा नरहा - १ का २४ वर्षीय नागेश्वरी महतो, कल्याणपुर-६ का ४५ वर्षीया डोमा दास, कर्जनाहा-३ का २१ वर्षीय रामविनय दास, २० वर्षीय मन्दिप महतो, २१ वर्षीय मिथलेस दास र सिराहा गोलबाजार - ६ का २७ वर्षीय राजु सदा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.