नक्कली भुटानी शरणार्थी प्रकरणका लागि अनुसन्धान गर्न ३ दिन म्याद थप

जेष्ठ ७, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणका लागि अनुसन्धान गर्न ३ दिन म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका लागि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज (आइतबार) सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । अनुसन्धान नसकिएकाले थप ३ दिन म्याद थप्न प्रहरीले आग्रह गरेकाले अदालतले म्याद थपेको हो ।

५८ दिनदेखि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रहित विरुद्धसहित ६ वटा कसुरमा मुद्दा चलाउन सकिने रायसहितको अनुसन्धान प्रतिवेदन बनाइरहेको छ ।

पक्राउ परेका १६ र फरार १६ सहित ३२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन बनेको प्रहरीले जनाएको छ । संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले राज्यका माथिल्लो तहमा रहेकाहरुविरुद्ध भने थप मुद्दा चलाउन माग गर्ने भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन भन्दै पैसा असुली गरेको र त्यसमा सघाएको आरोपमा प्रहरीले गिरोहका नाइकेहरु केशव दुलाल र सानु भण्डारीसहित १६ जनालाई पक्राउ गरिसकेको छ ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, का‌ग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटाबा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी नेता टेकनाथ रिजलालगायत उच्च पदस्थ नेता तथा अधिकारी पनि यो प्रकरणमा पक्राउ परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement