चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए।

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.