तराईमा चैती छठ मनाइँदै

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
तराईमा चैती छठ मनाइँदै

काठमाडौं । चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठ पर्व सूर्यको आराधना गरी उपत्यका र तराईका विभिन्न क्षेत्रमा मनाइँदैछ । श्रद्धा र निष्ठाका साथ बर्तालु व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गर्दछन् । चैत महिनामा गरिने हुनाले यसलाई चैती छठ भनिन्छ ।

तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले मानिसको बसाइँसराइले गर्दा राजधानीलगायत पहाडी जिल्लामा समेत मनाउने गरिन्छ । विशेष गरी चैती छठ तराई जिल्लामा धुमधामसँग मनाइन्छ । सूर्य उपासना गरी मनाइने छठअर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठी, आदि नामले जानिने पर्व उपत्यकामा यस वर्ष पनि पोखरी, नदी र घरमा हर्षोल्लासका साथ मनाउन लागिएको छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेष गरी निसन्तान हुने र छाला रोगीले छठ पूजामाथि बढी अस्था राखेको हुन्छ ।

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । यसले गर्दा पारविरिक तथा समाजिक सद्भाव बनि राख्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवादो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जरिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँन गरिन्छ ।

साहित्यकार तथा संस्कृतविद्य विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उनी भन्छन्, “यो प्राकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।”

यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने र निसन्तानको सनतान हुने पनि जनविश्वास गरिन्छ । केही भक्तजनले भाकल गरेको हुन्छ, घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नटुवा नाच नचाउने, सप्तमीको बिहान दन्तवन, दूध, फूल, तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

ऋग्वेद, अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । छठ पर्व मिथिला क्षेत्रबाट सुरु भएको ठाकुरको भनाइ छ ।

मिथिला तथा भोजपुरीया क्षेत्रका मानिस देशविदेश गई छठ पूजा गर्नाले अहिले सङ्ख्यात्मक रुपमा छठ पूजा गरिन्छ । कात्तिकभन्दा चैतमा गर्मी र लामो दिन भएको हुनाले व्रत लिने कम हुन्छन् । परम्परानुसार छठको सुरु दिनदेखि साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।

षष्ठीका दिन नदी, नहर र पोखरीको घाटमा बर्तालुले स्नान गरी बेलुकाका समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ्य दिन्छन् । बर्तालु भक्तजन राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् ।

षष्ठीको भोलिपल्ट सप्तमी तिथिको बह्मा मुहुर्तमा मानिस पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा मिठाई, ठेकुवा, उखु, केराउ, कसार, केरा, नरिवल, कागती, अदुवा आदि समान राखिन्छ । विशेष गरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

छठको दोस्रो दिन चैत शुक्ल पञ्चमीमा विधिवत्रुपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर, लौकाको तरकारी, फलजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन एक छाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिनअर्थात् छठ (सझियाँ घाट) पर्वका दिनमा बर्तालु पानीसमेत नपिइ निरहार बस्दछन् । छठ पूजा गर्ने नजिकैको पोखरी, तलाउ, इना, कुँवाजस्ता ठाउँलाई मासिन सामूहिकमा गई सरसफाइ गर्छन् । घाटलाई बेहुली जस्तै सिँगारिएको हुन्छ ।

साँझपख नजिकैको घाट बनाएको ठाउँमा गएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो फूल पान लिएर सूर्य देउतालाई अघ्र्य दिइन्छ । यस दिनमा सबैजना सजिसजाउ भएर रातभर लोकगीत, भजनकीर्तन र नाचगान गरिन्छ ।

छठको चौथो दिन चैत शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तले उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै फूल–पान लिई उदाउँदो सूर्यलाई प्रसादको अघ्र्य दिइन्छ । बिहे भएका महिलालाई सिन्दूरको टिका लगाई प्रसादीको खोइच दिने चलन छ । बर्तालुले ठकुवा भुसुवा फलफूल र मिठाईजस्ता प्रसाद छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद अदुवा र मिठाई ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् र लोक चैती महाछठ पर्व समाप्त हुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.