पैदल हिँडेर मिटरब्याज पीडित यसरी आउँदै छन् काठमाडौं (तस्बिरसहित)

चैत्र १२, २०७९ |श्याम श्रेष्ठ
 पैदल हिँडेर मिटरब्याज पीडित यसरी आउँदै छन् काठमाडौं (तस्बिरसहित)

काठमाडौं । आफूहरुमाथि भएको ठगी रोक्न र न्याय दिन माग गर्दै सरकारलाई समस्या सुनाउन मधेस प्रदेशबाट पैदल हिँडेका मिटरब्याज पीडितहरु काठमाडौंको सीमा क्षेत्र आइपुगेका छन् ।

शनिबार राति मकवानपुरको इन्द्रावती गाउँपालिकाको चखेलमा बास बसेका उनीहरु आजा बिहानैदेखि पैदल हिँडिरहेका छन् । चैत पहिलो साता रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाबाट यात्रा थालेका ७२ जना मिटरब्याज पीडितहरु दिउँसोसम्म कलंकी आइपुग्ने अनुमान छ। पीडित किसान तथा मजदुरले सिंहदरबारलाई आफ्ना माग सुनाउन आएको बताएका छन् ।

असोज पहिलो साता सरकारले पाँच बुँदे सहमति गरे पनि कार्यान्वयन नभएको र उल्टै झुटा मुद्दा खेप्नुपरेको उनीहरुले गुनासो गरेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि उनीहरु काठमाडौं आएका हुन् ।


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।