Kantipur Samachar | कान्तिपुर समाचार, ०५ चैत २०७९

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०५ चैत २०७९

आजको मुख्य समाचार:

- प्रधानमन्त्री दाहालले भोलि दोस्रो पटक संसदमा विश्वासको मत लिने/ एमाले, राप्रपा र नेमकिपा बाहेकका सबै दलको साथ/ कांग्रेससहित मन्त्रिपरिषद् विस्तारको तयारी ।

- प्रतिनिधिसभामा प्रस्तुत संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरुको आ–आफ्नै स्वार्थ/ एमाले र राप्रपाको असहमति/ समितिमै नपठाई टुंग्याउने सरकारको तयारी ।

- एमसीसी कार्यान्वयनबारे संसदीय समितिमा बहस/ समयमै आयोजना नसकिए अन्तर्राष्ट्रिय विश्वास गुम्ने चिन्ता/ स्थानीय सरकारबाट सहयोग नपाएको एमसीए नेपालको गुनासो ।

- रुस नियन्त्रित युक्रेनी सहर मारिओपोलमा राष्ट्रपति पुटिनको अप्रत्याशित भ्रमण/ अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ आदेशविरुद्धको आक्रोश ।

- हिमालयन शेर्पालाई पराजित गर्दै साविक विजेता थ्री स्टार क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा/ आयोजक जागृति क्लबलाई हराउँदै चर्च ब्वाइज इटहरी गोल्डकपको अन्तिम चारमा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.