राष्ट्रपति पौडेलले भारतीय राष्ट्रपति मुर्मूलाई दिए नेपाल भ्रमणको निम्तो

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलले भारतीय राष्ट्रपति मुर्मूलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय समकक्षी द्रौपदी मुर्मूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन भारतीय समकक्षी मुर्मूले गरेको टेलिफोन संवादका क्रममा पौडेलले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

भारतीय राष्ट्रपति मुर्मूले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएकी हुन् । त्यसक्रममा पौडेलले पशुपतिनाथ दर्शनका लागि मुर्मूलाई निमन्त्रणा दिएको स्वकीय सचिव सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरेकी छन् ।

भारतको राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै राष्ट्रपतिहरुले नेपाल र भारतबीचको विशिष्ट र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे । उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो सम्बन्धलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे ।’

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई अमेरिका, चीन, पाकिस्तानलगायत मुलुकहरुबाट बधाई तथा शुभकामना आइसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement