सडक निर्माणलाई गति दिन बेनी-जोमसोम सडकमा टाइमकार्ड लागु

फाल्गुन २१, २०७९ |घनश्याम खड्का
सडक निर्माणलाई गति दिन बेनी-जोमसोम सडकमा टाइमकार्ड लागु

म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधीन बेनी-जोमसोम सडकमा अहिले टाइमकार्ड लागु गरिएको छ । सडकको बेनी–गलेश्वर २ किमी खण्डमा दैनिक ६ घन्टा यातायात अवरुद्ध हुने गरेको छ ।

बेनी–गलेश्वर खण्डमा सडक निर्माणको कामलाई गति दिन यातायात चल्ने र बन्द हुने समय तोकिएको आयोजनाले जनाएको छ । त्यसैगरी बेनी–जोमसोम सडक खण्डको रुप्से छहरा र काप्रे भीर खण्डमा पनि काम भइरहेकोले नियमित यातायातमा अवरोध हुने गरेको छ ।

रुप्से खोलामा पुलको काम भइरहेको र काप्रे भीरमा सडक ढलानको काम भइरहेकाले टाइमकार्ड लागु नगरिएको भएपनि समय-समयमा यातायात रोक्ने र छोड्ने गरिएको छ ।

बेनी–जोमसोम सडक नेपाली सेनाले २०५८ मंसिरदेखि निर्माण सुरु गरी २०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाईलट ट्रयाकमा यातायात खुल्ला गरेको थियो । सेनाले बेनी–जोमसोम ट्रयाक २०६९ वैशाख २२ गते सडक विभागलाई हस्तान्तण गरेको थियो ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement