जनभावनाविपरीत खुलामञ्चमा कुनै संरचना बन्दैन : उपमेयर डंगोल

पुस १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
जनभावनाविपरीत खुलामञ्चमा कुनै संरचना बन्दैन : उपमेयर डंगोल

काठमाडौं । का‍ठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले जनभावनाविपरीत खुलामञ्चमा कुनै संरचना नबनाउने प्रतिबद्धता जनाएकी छन् ।

काठमाडौं महानगरपालिकाले १०‌औं कार्यपालिका बैठकले खुलामञ्चमा त्रिपल बेस्मेन्ट पार्किङ बनाउने निर्णय गरेपछि विरोध हुँदै आएको छ। महानगरको निर्णयप्रति विरोध जनाउँदै ज्ञापनपत्र दिन पुगेका स्थानीय बासिन्दा र अभियन्ताहरुसमक्ष उपप्रमुख डंगोलले जनभावनाविपरीत खुलामञ्चमा बेसमेन्ट पार्किङ नबनाउने बताएकी हुन् ।

त्यसक्रममा स्थानीय र अभियन्ताहरुले खुलामञ्चको ऐतिहासिक महत्त्व नबुझेको भन्दै महानगरको कदमप्रति आक्रोश व्यक्त गरे ।

अभियन्ताहरुले टुँडिखेलको पुरानै स्वरुपको माग गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.