* चौतर्फी दबाबपछि इन्धनको मूल्य घटाउन सरकार बाध्य / पेट्रोलमा २० र डिजलमा २९ रुपैयाँ घट्यो / उपभोग्य बस्तुमा व्यापारीको मनपरि रोक्न सरकारले बजार अनुगमन तीब्र पार्ने ।
* प्राविधिक शिक्षामा विद्यार्थीको अरुची / लगानी अनुसारको प्रतिफल नआएपछि कम विद्यार्थी भएका विद्यालयको शैक्षिक कार्यक्रम रद्द गर्ने सीटीइभीटीको तयारी ।
* नागरिकता विधेयकको संसदीय प्रक्रिया अनिश्चित / अंगिकृत र आमाको नामबाट नागरिकता दिने विवादित विषयमा सहमति जुटाउन दलहरुबीच प्रयास नै भएन ।
* नेपाल लगायत विश्वभर सेयर बजार घट्दा लगानीकर्ता निराश / कर्जामा कडाई र बढ्दो व्याजदरसँगै महँगी र तरलता अभाव मुख्य कारण ।
* राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरीलाई नै निरन्तरता दिइने / अल्मुताइरी नोभेम्बरमा नेपाल फर्कने / सम्बन्ध सुधारको विकल्प नरहेको एन्फाको भनाइ ।