धनकुटाका सामुदायिक विद्यालयमा विज्ञान पढाउने शिक्षक अभाव

असार ३, २०७९
धनकुटाका सामुदायिक विद्यालयमा विज्ञान पढाउने शिक्षक अभाव

विषयगत शिक्षक नहुँदा धनकुटाका सामुदायिक विद्यालयमा विज्ञान विषयको पढाइ प्रभावित भएको छ । धनकुटाका झन्डै ३ सय सामुदायिक विद्यालयका लागि जम्मा ३२ जना मात्रै विज्ञान शिक्षक कार्यरत छन् । विषय शिक्षक नहुादा अधिकांश सामुदायिक विद्यालयमा विज्ञान विषयको सैद्धान्तिक र प्रयोगात्मक कक्षा नै सञ्चालन हुन सकेको छैन ।

पाँच सयभन्दा बढी विद्यार्थी रहेको धनकुटाको तांखुवा स्थित चुलाचुली माध्यमिक विद्यालयमा जम्मा १ जना मात्रै विज्ञान शिक्षक छन् । प्रयोगात्मक कक्षाका लागि भवनसमेत नहुादा प्रयोगशालाका लागि ल्याइएका सामग्री डेढ वर्षदेखि एउटा कोठामा थुपारिएको छ । चार सय विद्यार्थी पढ्ने हात्तीखर्कको भारती माध्यमिक विद्यालयको निम्न माध्यमिक तहका १ जना विज्ञान शिक्षक छन् । उनलाई ६ देखि कक्षा १२ सम्म विज्ञान बिषय पढाउने जिम्मा छ । चुुलाचुुली र भारती माध्यमिक विद्यालयले बिषयगत शिक्षक नहुँदा धनकुटाका सामुदायीक विद्यालयमा विज्ञान कक्षा कसरी निष्प्रभावी भइरहेका छ, भन्ने कुराको प्रतिनिधित्व गर्छन् । 

एकीकृतरुपमा कक्षा १ देखि र कक्षा ६ देखि विषयगत रुपमै हरेक सामुदायिक विद्यालयमा विज्ञान विषयको पढाई हुन्छ । धनकुटामा २ सय ८४ वटा सामुदायिक विद्यालय छन् । यी मध्ये ७३ वटा मावि हुन् । ७३ मध्ये ४१ वटा माध्यमिक  विद्यालयमा एक जना पनि विज्ञान शिक्षक छैनन् । एक त, दुर्गम र भौगोलिक विकटताको वहाना बनाएर विज्ञान विषयका शिक्षक धनकुटा आउनै मान्दैनन् ।  दरबन्दीमा नयाँ नियुक्ति लिएर आएकाहरु पनि परिक्षण अबधि सकिने वित्तिकै सरुवा लिएर सुगम र तराइका जिल्लामा जाने गरेका छन् । सरकारले खाली दरबन्दी पूर्ति गर्न सकेको छैन् । जसले गर्दा धनकुटाका समुदायिक विद्यालयमा विज्ञान पठाउने शिक्षकको सधै अभाव हुने गरेको छ ।