काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीबीचको वार्ता सकारात्मक रहेको जनाइएको छ ।
२०२२ फेब्रुवरीदेखि जारी रूस-युक्रेन युद्धविरामका लागि अमेरिकाको ह्वाइट हाउसमा दुईबीच भएको वार्ता सकारात्मक भएको हो । बैठकले रूससहितको त्रिपक्षीय वार्तामा जोड दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग भएको वार्तालाई हालसम्मकै उत्कृष्ट भएको प्रतिकृया दिनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आफु युद्ध अन्त्य गर्न तयार रहेकोमा समेत जोड दिनुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि जेलेन्स्कीसँगको भेट सकारात्मक रहेको बताउनुभएको छ । उहाँले रूसले पनि सुरक्षा ग्यारेन्टी स्वीकार गर्ने संकेत गरेकाले रूससहितको त्रिपक्षिय वार्ताको सम्भावना रहेको प्रतिकृया दिनुभयो ।
जेलेन्स्कीसँगको वार्ता सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूसँग वार्ता अघि बढाएका छन् । बैठकमा सहभागी सबै नेताले युद्ध रोक्नुपर्नेमा जोड दिएका छन् ।