ट्रम्प र पुटिनबीचको वार्तामा युक्रेन युद्धबारे सहमति जुटेन

आफूलाई सम्झौताकार दाबी गर्ने ट्रम्पका लागि अलास्का यात्रा असफल साबित भएको टिप्पणी
श्रावण ३१, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प र पुटिनबीचको वार्तामा युक्रेन युद्धबारे सहमति जुटेन

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग गरेको युक्रेन वार्तामा ठोस प्रगति हुन सकेन । अलास्कामा तीन घण्टा लामो वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफूहरू कुनै सहमति वा सम्झौतामा पुग्न नसकेको बताउनुभएको हो ।

रूसी राष्ट्रपति पुटिनले पनि आफू युक्रेन द्वन्द्वलाई अन्त्य गर्न गम्भीर चासो राखेको टिप्पणी गरे पनि दुबै राष्ट्रपतिले पत्रकारहरूसँग प्रश्नोत्तर भने गर्नुभएन । आफूलाई शान्तिदूत र सम्झौताकारको रूपमा प्रस्तुत गर्न रुचाउने ट्रम्पका लागि अलास्का यात्रा असफल साबित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

वार्ताअघिअङ्करेजको विमानस्थलमा दुवै नेताले आत्मीय अभिवादन आदान–प्रदान गर्दै दुई पटक हात मिलाएर वार्तास्थलतर्फ प्रस्थान गरेका थिए। यो वार्तामा सहभागिताका लागि नबोलाइएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेंस्कीले भने, वार्ताको दिन पनि रूसीहरूले युक्रेनमा हत्या जारी राखेको भन्दै युक्रेन, अमेरिका र रूसबीच त्रिपक्षीय वार्ता आवश्यक रहेको टिप्पणी गर्नुभएको छ । 

मेरिकी राष्ट्रपति ट्रम्पले सम्भवत: चाँडै भेट्नेछौं भनी पत्रकारलाई दिएको प्रतिक्रियामा रूसी राष्ट्रपति पुटिनले अर्कोपटक मस्कोमा भन्ने जवाफ दिएकाले सञ्चारमाध्यमहरूले दोस्रो बैठकको संकेत भने देखिएको उल्लेख गरेका छन् ।