काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।
१८१ यात्रु बोकेको विमान धावनमार्गबाट चिप्लिएर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना भएको दक्षिण कोरियाली समाचार एजेन्सीले जनाएको बीबीसीमा उल्लेख छ ।
विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा आइतबार बिहान दुर्घटनामा भएको बताइएको छ ।
दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको जनाइएको छ ।