अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकार्दै ह्यरिसद्वारा ट्रम्पलाई बधाई

शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहयोग गर्ने
बाइडनद्वारा पनि ट्रम्पलाई बधाई
कार्तिक २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकार्दै ह्यरिसद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गर्नुभएको छ । ह्यारिसले आफ्नो हार स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

आफ्नो सम्बोधनका क्रममा ह्यारिसले शान्तिपूर्ण शासन हस्तान्तरणको लागि ट्रम्पलाई सहयोग गर्न आह्वान गर्नुभएको ह्यारिसका समर्थकलाई उद्धृत गर्दै सीबीएसले उल्लेख गरेको छ । ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाउनुभएको छ । ह्यारिसले आफू वर्तमान राष्ट्रपति जो बाइडनसँग मिलेर सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्न कार्यमा लाग्ने बताउनुभयो । ह्यारिसले राष्ट्रपतीय चुनावबारे ब्रिफिङ लिनुभएको र आन्तरिक कर्मचारी बैठकमा भाग लिनुभएको छ ।

चुनावमा पराजय भोगेपछि हावर्ड विश्वविद्यालयमा आयोजित आफ्नो पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई ट्रम्पको जित स्वीकार गर्न समेत अपिल गर्नुभएको छ । साथै उहाँले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ समेत आश्वासन दिनुभएको छ । चुनावको नतिजा आफूहरुले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन बताउनुभयो ।

यसैबीच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोनमार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि आफ्ना प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाइडनले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि आमन्त्रण गर्नुभएको छ । विश्व भरबाट बधाईको ओइरो आइलाग्दा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन् ।

अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत प्राप्त गर्नुभएको छ भने ह्यारिसले २२३ मत रहेको छ । केही ठाउँमा मतगणना जारी छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ लिनु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.