लेबनानमा रहेको राष्ट्रसंघीय युनिफिल मिसनमा इजरायली सेनाको हमला

चार शान्ति सैनिक घाइते
आक्रमण तत्काल रोक्न अमेरिकी राष्ट्रपति बाइडनको आग्रह
युरोपेली राष्ट्रहरुले गरे विरोध
आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा रहेको राष्ट्रसंघीय युनिफिल मिसनमा इजरायली सेनाको हमला

काठमाडौं । इजरायल डिफेन्स फोर्स-आईडीएफले लेबनानको नाकोरा क्षेत्रस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन-युनिफिलको पोस्टमाथि हमला गर्दा दुई श्रींलकाली सैनिक घाइते भएका छन् ।

त्यस्तै लेबनानमा खटिएका दुई इन्डोनेसियाली सैनिक इजरायली ट्याङ्कले गोली चलाउँदा भ्यु टावरबाट खसेर घाइते भएका छन् । इजरायली सेनाले घटनाको जिम्मेवारी लिँदै युनिफिल बेसको वररपल खतरा पहिचान गरी गोली चलाएको दाबी गरेको छ ।

घटनाको ‘उच्च तहमा’ छानबिन गरिने पनि इजरायली सेनाले स्पष्ट पारेको छ । श्रीलंकाली विदेश मन्त्रालयले शान्ति मिसनमा गएका आफ्ना सैनिक घाइते भएपछि इजरायली हमलाको ‘कडा निन्दा’ गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा शान्ति सैनिकमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गर्नुभएको छ । 

त्यस्तै फ्रान्स, इटाली र स्पेनका नेताहरूले जारी गरेको एक संयुक्त विज्ञप्ति इजरायलको कार्यको निन्दा गर्दै त्यसलाई तुरुन्तै अन्त्य गर्न आह्वान गरिएको छ । हाल ५० देशका करिब १०,००० शान्ति सैनिक ८ सय नागरिक कर्मचारीसँगै लेबनानमा तैनाथ रहेको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement