अमेरिकाको फ्लोरिडामा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको फ्लोरिडामा समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा समुद्री आँधी मिल्टनका कारण कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ भने यो संख्या थप बढन सक्ने उद्धारकर्मीहरूले बताएका छन् ।

मिल्टनका कारण फ्लोरिडा राज्यका करिब तीस लाख घर र व्यवसायहरू विद्युतविहीन भएका छन् ।

गभर्नर रोन डिसेन्टिसले आगामी दिनमा थप बाढी आउन सक्ने अपेक्षा गरिएको बताउनु भएको छ । फ्लोरिडाका बासिन्दाहरूलाई मिल्टनबाट प्रभावित क्षेत्रहरूमा नजान चेतावनी दिइएको छ । समुद्री आँधी मिल्टनले फ्लोरिडा राज्यमा तीव्र गतिको हावाका साथै भारी वर्षा र बाढी ल्याएको थियो ।

समुद्री आँधी मिल्टन फ्लोरिडा पार गर्दै एट्लान्टिक महासागरमा सरे पनि राज्यका धेरै भागहरू बाढीमा परेको र अझैपनि डुङ्गाबाट उद्धार गर्ने कार्य जारी रहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement