यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

मानव जीवनका उतारचढावलाई लेखनमार्फत् उजागर गरेकोमा पुरस्कृत गरिएको नोबेल एकेडेमीको भनाइ
आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

काठमाडौं । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी ५३ वर्षीया लेखक हान काङलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

मानव जीवनका विपत्ति, उतारचढाव र नाजुकतालाई आफ्नो लेखनमार्फत् उजागर गरेकोमा लेखिका काङलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्वीडिश एकेडेमीले जनाएको हो ।

उहाँको अन्तर्राष्ट्रिय रुपमा चर्चा पाएको पहिलो उपन्यास ‘शाकाहारी’ अर्थात् ‘दि भेजिटेरियन’ नेपालीमा समेत अनुदित छ । उक्त उपन्यासले सन् २०१६ मा बुकर पुरस्कारसमेत पाएको थियो । उहाँले आफ्नो लेखनको सुरुवात सन् १९९३ बाट गर्नुभएको थियो । सन् २०२३ को साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जन फोसेले पाउनुभएको थियो ।

नोबेल पुरस्कारको राशि १ करोड १० लाख स्वीडिश क्रोनर अर्थात् १० लाख अमेरिकी डलर रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement