जेरुसेलम । इजरायलले मंगलबार बिहान गाजा क्षेत्रमा हवाई हमला गरेको छ ।
इजरायली सेनाले इस्लामिक जिहादको कमान्डरको घरमा निशाना बनाएको हो । इजरायलले हमास साशित तटीय क्षेत्रलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।
इस्लामिक जिहादले भनेअनुसार त्यस समूहको सशस्त्र गुटको धेरै नेतालाई निशाना बनाएको छ । इजरायली सैनिकको जारी गरेको वक्तव्यपछि धेरै ठूला विस्फोट गाजा सहरको आकाशमा देखिएको छ । पालेस्टिनीको जवाफी रकेट प्रहार हुन सक्ने सतर्कता अपनाउन इजरायली सेनाले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेको छ ।