विश्व मिर्गौला दिवस : मिर्गौलारोगी बर्सेनि बढ्दै, प्रत्यारोपण केन्द्र सीमित

फाल्गुन ३०, २०८० |कृपाल गौतम
विश्व मिर्गौला दिवस : मिर्गौलारोगी बर्सेनि बढ्दै, प्रत्यारोपण केन्द्र सीमित

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तर नेपालमा मिर्गौला बिग्रने समस्या जति बढ्दो छ, त्यसअनुसार प्रत्यारोपणको दायरा भने बिस्तार हुन सकेको छैन । नेपालमा बर्सेनि ३ हजार जनाको मिर्गौला बिग्रने गरेको अनुमान छ । मिर्गौला बिग्रिए कि त डायलाइसीस, कि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । चिकित्सकहरु डायलाइसीसभन्दा प्रत्यारोपण नै उचित विकल्प रहेको बताउँछन् । तर नेपालमा मिर्गौला प्रत्यारोपणको दर निकै कम छ । त्यसमाथि पनि काठमाडौं केन्द्रित अस्पतालहरुमा मात्र प्रत्यारोपण हुँदा बिरामीहरु सास्ती भोग्न बाध्य छन् ।

उच्च रक्तचाप, मधुमेहजस्ता रोग र अस्वस्थकर खानपान तथा जीवनशैलीका कारण नेपालमा बर्सेनि ३ हजार जनाको मिर्गौला बिग्रने गरेको छ । मिर्गौला फेल भए कि त डायलाइसीस गर्नुपर्ने हुन्छ, कि प्रत्यारोपण । अहिले देशैभर ८ हजार बिरामीले डायलाइसीस गराइरहेका छन् । तर, वार्षिक ३ सयको संख्यामा मात्र प्रत्यारोण हुने गरेको छ । अर्थात् जम्मा बिरामीमध्ये १० प्रतिशतको मात्र प्रत्यारोपण हुने गरेको छ । डायलाइसीस झन्झटिलो र प्रत्यारोण नहुन्जेलसम्मका लागिमात्र भएको चिकित्सक बताउँछन् । तर, प्रत्यारोपणका लागि अंगै नपाउने वा आफन्तले दिन खोज्दा नमिल्ने प्रमुख समस्या हो । हाल ९ सय २५ सय जनाले मष्तिस्क मृत्यु भएकाहरुबाट अंग पाउँ भनेर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नाम लेखाएका छन् । तर अहिलेसम्म मष्तिस्क मृत्यु भएकाहरुबाट प्राप्त अंगबाट १० जनाको मात्र प्रत्यारोपण भएको छ ।

नेपालमा करिब ८ हजार जानाले डाइलाइसीस गरेर बाँचिरहेको शहिद धर्ममक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । 'हाम्रो अनुमानमा नेपालमा करिब ३० लाख दाजुभाइ दिदिबहिनिको मिर्गौलाको समस्या छ,' उनले भने, '३ हजार जनाको मिर्गौला फेल हुन्छ । अहिले हाम्रो तथ्याङ्कमा देश भर ८ हजार जानाले विभिन्न स्थानमा डाइलाइसीस गगरेर बाँचिराख्नु भएको छ । ३ हजारको प्रत्यारोपण आवश्यक छ , ३ सय जनाको मात्र हुन्छ ।'

मिर्गौलाको डायलाइसीस निःशुल्क छ भने प्रत्यारोपणका लागि सरकारले ६ लाख रुपैयाँ बराबरको सेवा सुविधा दिन्छ । गत वर्ष सरकारले डायलाइसीस तथा प्रत्यारोपणका लागि करिब डेढ अर्ब रुपैयाँ खर्च गरेको थियो । तर प्रत्यारोपण केन्द्र बिस्तार नहुँदा अझै बिरामीहरु काठमाडौं नै धाउनुपर्ने बाध्यता अर्को मुख्य समस्या हो । हुन त पोखरा, बिराटनगरलगायतका स्थानमा प्रत्यारोपण नभएका होइनन् तर सेवाले निरन्तरता पाउन सकेको छैन ।

सरकारले मस्तिष्क मृत्यु भएकाहरुको अंग जुन अस्पतालका बिरामीमा म्याच हन्छ त्यही अस्पताललाई नदिउन्जेल मस्तिष्क मृत्यु भएकाहरुबाट अंग प्रत्यारोपणमा समस्या हुने चिकित्सक बताउँछन् । त्यसबाहेक सबै प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अर्को आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

'अहिले नभएकोचैनी मष्तिस्क मृत्यु पछि जुन अंग निकालिन्छ त्यो भक्तपुर अस्पताल जान्छ भन्ने नियम छ नी त्यो नै सवैभन्दा ठुलो बादा हो मस्तिस्क मैत्यू पछिको प्रत्यारोपणमा,' मिर्गौला रोग विशेषज्ञ डा. प्रेमराज ज्ञवाली भने, 'सवैले पाउनु पर्छ जहाँ म्याचिङ हुन्छ त्यहाँ दिनुपर्छ । एउटा सिटिस्क्याङ किन्ने मेसीनले सवै प्रदेशमा उपकरण आउँछ प्रत्यारोपणका लागी । त्यसस्मा लगानी र दक्ष जनशक्तिमा सहयोग गरेमा धेरै समय लाग्दैन ।'

स्वास्थ्य मन्त्रालय भने पर्याप्त जनशक्ति नहुँदा ७ वटै प्रदेशमा सेवा बिस्तार अहिले सम्भव नरहेको बताउँछ । 'सामान खरिद गरेर पुर्याएर थन्काएर राख्ने मात्र काम हुन्छ,' स्वासथ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, 'त्यसरी स्वास्थ्य मन्त्रालयले कार्यक्र गर्न चाहेको छैन । जनशको प्रत्याभूतिको लागी लोकसेवाबाट लिएर त्यही अनुसार गर्न खोजीरहेका छौँ ।'

बर्सेनि ३ हजार जनाको मिर्गौला प्रत्यारोपण गर्न आवश्यकता रहे पनि प्रत्यारोपण जनशक्ति १ सयभन्दा कम छ, ती पनि अधिकांश काठमाडौं केन्द्रित छन् । त्यसकारण सरकारको अब सातै प्रदेशमा सेवा बिस्तारका साथै पर्याप्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने देखिएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।