उपचुनावका लागि बाजुराको स्वामीकार्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपचुनावका लागि बाजुराको स्वामीकार्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

शुक्रबार स्वामीकार्तिकको सुइजिउलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचनका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिनु भएको छ ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । पाँच वडा रहेको गाउँपालिकामा ९ वटा मतदान स्थल रहेका छन् ।

मंसिर १६ गते १८ वर्ष पुग्ने सात हजार ४६ जना मतदाताले उपनिर्वाचनमा मतदान गर्ने भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.