उपनिर्वाचन मतपरिणाम : बझाङमा पनि कांग्रेसलाई पछि पार्दै एमाले अगाडि

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन मतपरिणाम : बझाङमा पनि कांग्रेसलाई पछि पार्दै एमाले अगाडि

काठमाडौं । बझाङ-१ को मतगणनामा एमालेका उम्मेदवार कांग्रेसका अभिषेक सिंहलाई ९ मतको झिनो मतले पछि पार्दै एमालेका दनम भण्डारीले अग्रता बनाउनु भएको छ । अहिलेसम्मको मतगणनामा एमालेका दमन भण्डारीले ९ हजार ८सय ८९ मत ल्याउनुभएको छ भने कांग्रेसका सिंहले ९ हजार ८ सय ८० मत ल्याउनुभएको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याउनुभएको छ । मतगणना अहिले जारी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.