इलाम । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
इलाम सदरमुकामस्थित बार एसोसिएसनको भवनमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले कार्यालय उद्घाटन गरिन् । उपनिर्वाचनका लागि जिल्ला अदालत इलामका मुख्य न्यायाधीश केशवकुमार घिमिरेलाई मुख्य निर्वाचन अधिकृत चयन गरिएको छ ।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
त्यस क्रममा चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ ।