आजदेखि हट्यो निर्वाचन आचारसंहिता

मंसिर २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत असोज १२ गतेदेखि देशभर लागू भएको आचारसंहिता आज (सोमबार)देखि हटेको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा २ बमोजिम मुलुकभर लागू रहेको आचारसंहिता मंसिर २६ गतेदेखि लागू नरहने आयोगले निर्णय गरेको हो ।

आचारसंहिता निष्क्रिय भएकोबारे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।

नेपाल सरकारले गत साउन १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा १ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम संवत् २०७९ साल मंसिर ४ गते आइतबार सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.