एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

माघ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रू तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रू सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रू तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रू छ हजार ८७० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.