
काठमाडौं । स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
शुक्रबारको तुलनामा आइतबार प्रतितोला सुन रू दुई हजार ४०० र चाँदी रू दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रू तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रू छ हजार ४८० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रू तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रू छ हजार १९० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।