चिर्कटोको भरमा योजना नसमेट्ने बागमतीका मुख्यमन्त्री बानियाँकाे भनाइ

पुस १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
चिर्कटोको भरमा योजना नसमेट्ने बागमतीका मुख्यमन्त्री बानियाँकाे भनाइ

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारले कसैको चिर्कटोको भरमा योजना नसमेट्ने स्पष्ट पार्नुभएकाे छ।

काभ्रेमा आइतबार आयोजित अन्तरक्रियामा स्थानीय सरकारका जनप्रतिनिधिहरूले उठाएका विकास निर्माणसम्बन्धी ध्यानाकर्षणलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकास र समृद्धिको मामिलामा बागमती प्रदेश सरकारले कुनै पनि राजनीतिक दलप्रति पक्षपात नगर्ने स्पष्ट पार्नुभयो। 

उहाँले आगामी वर्षसम्म पालिकाको विकासको अवस्था मूल्याङ्कन गरी प्रदेशभरका पालिकालाई वर्गीकरण गरिने र आवश्यकता तथा प्राथमिकताका आधारमा मात्रै योजना छनोट र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.